झपा ।   हल्दिबारीले २०७४ को स्थानीय तहको निर्वाचन पछी गाउँपालिका मा उपाध्यक्षको रुपमा युवा नेतृत्व डम्बर गिरी सहितको टिम पाए पछी एकाएक बिकास को अनुभुति पाइरहेको छ । हल्दिबारी गाउँपालिका वडा नम्बर ३ मा पर्ने मेजर्नी चोक उतर कन्टरघुटु बाट लालिगुराँस टोल हुदै रामहरि चोक जाने सडकको कालो पत्रे गर्ने काम मेजर्नी चोक देखि सुभारम्भ भएको छ ।

डेढ वर्षमा काम सक्ने गरि जिम्मेवारी पाएको खनाल इभरग्रीन जेभी कम्पनी ले मेसिन बाट कालोपत्रे गर्ने काम सुरु गरेको हो। हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मेको सास्ती लामो समय देखि खेपेका सडक खण्डका छेउछाउमा बसेका स्थानीय वासी सडक पक्की बन्न थालेपछि अझबढी खुसी देखिएका छन् , हामी कसैले कल्पना समेत नगरेको बिकास निर्माण हरु पालिका भित्र देख्न तथा अनुभव गर्ने पाइरहेको कुरा समेत एक स्थानीयवासिले ग्लोबल दर्पण सग बताए।

४२०० किलो मिटर लम्बाई रहेको सो सडक खण्ड गाउँपालिका प्रदेश र केन्द्र सरकारको संयुक्त वजेटबाट कालोपत्रे हुन लागेको हो । सडकको दाँया बाँया ३० फुटे चौडा रहने र ५ मिटर कालो पत्रे हुने ठेकेदार कम्पनीले जनाएको छ । सो सडक खण्ड पक्की बने संगै बिर्तामोड ,चन्द्रगढी, सगै छिमेकी पालिका हरु पुग्न सजिलो हुने साथै स्थानीयवासी, जेष्ठनागरिक ,बालबालिका युवा विद्यार्थी लगायत लाई धेरै कुरामा सहज हुने वडाअध्यक्ष रोसन शिवाकोटी ले बताउनु भएको छ ।

सडकको ठेक्का २ करोड ९६ लाख ६१ हजार पाँच सय ९ रुपैयामा गाउँपालिका सग कम्पनीले सम्झौता गरेको हो भन्ने निर्माण कम्पनीले २०७७/१२/२२ मा आयोजना सम्झौता गरी २०७९/०६/०६ भित्र मा सम्पन्न गर्ने गरि ठेकेदार कम्पनीसंग सम्झौता भएको छ । हल्दिबारी समेत पर्ने श्रेत्र बाट निर्वाचित भएर गृहमन्त्री समेत भएका नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले श्रेत्र नम्बर -०३ मा उपाध्यक्षको काम गर्ने शैली को तुलना मा बिकास निर्माण को श्रेत्रमा चासो नराखेको आरोप समेत धेरैले पटकपटक लगाएको छन।

सिटौलाले हार्नु को कारण उनी ले विकास गर्ने नसक्नु पनि हो एक जेष्ठ बुबाले बताउनुभयो। उपाध्यक्ष सहितको टिम द्वारा योजनाको अनुगमन : उक्त आयोजनाको हिजो हल्दिबारी गाउँपालिका उपाध्यक्ष डम्बर बहादुर गिरी , प्रमुख प्रशासकीय अधिकृत प्रबिन दाहाल ,गाउँपालिका इन्जिनियर संकल्प खनाल,वडा अध्यक्ष रोसन शिवाकोटी ,कार्यपालिका शर्मिला विक लगायत समाजका अग्रज व्यक्तितब हरु बाट स्थलगत अनुगमन समेत गर्नु भएको छ ।