काठमाडौं । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा २३ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् ।

यस अवधिमा २७ जना सङ्क्रमित थपिएको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्र गण्डकीका संयोजक नवराज शर्माले जानकारी दिए । थपिनेमा कास्कीका १३, नवलपरासी बर्दाघाट सुस्तापूर्व का ६, बागलुङका चार, म्याग्दीका दुई तथा लमजुङ र तनहुँका एक÷एक जना छन् । प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या ३३१ रहेको छ । हाल होम आइसोलेसनमा २९६ जना रहेका निर्देशनालयले जनाएको छ ।