काठमाडौं । शक्तिशाली मोटरसाइकलबाट हुने कम्पनबाट आईफोन जोगाउन प्रयोगकर्तालाई निर्माता कम्पनी एपलले सुझाव दिएको छ।एपलका अनुसार नराम्रो कम्पनले आईफोनको क्यामराको प्रणालीमा खराबी आउन सक्छ।

म्याकरूमर्स वेबसाइटले फेला पारेको एपलको ग्राहक सेवा वेबसाइटको सपोर्ट पेजमा उक्त प्रविधि कम्पनीले शक्तिशाली मोटरसाइकलमा आईफोन जोडेर नराख्न चेतावनी दिएको छ।उक्त दस्ताबेजमा इन्जिनमा हुने कम्पनीले फोनको क्यामराले फोटो खिच्दा सन्तुलन कायम रहोस् भनेर जडान गरिएको प्रविधि अप्टिकल(इमेज स्टेबलाइजेशन अथवा क्लोज्ड(लूप अटोफोकसु प्रणालीमा हानि पुर्‍याउन सक्ने बताइएको छ।
आवृत्ति फ्रिक्वेन्सीका केही निश्चित श्रेणीभित्र पर्ने धेरै चर्को तरङ्ग भएको कम्पनका कारण आईफोनका यी प्रणालीहरूको कार्यक्षमता क्षीण हुन सक्छ अनि त्यसले तस्बिर र भिडिओको गुण घटाइदिन सक्छ।

मोटरसाइकल चढेर कतै जाँदा बाटो पत्ता लगाउन प्रायः फोन देखिनेगरी ह्यान्डलमा जडान गरेर राख्ने चलन छ।

त्यसैले कम्पनबाट आफ्नो आईफोन जोगाउने उपाय भनेको प्रथमतः मोटरसाइकलको ह्यान्डलमा त्यसरी आईफोन नजोड्नु नै हो।

एजेन्सी: