काठमाडौँ । संविधान दिवसका अवसरमा नेपाली लोक तथा दोहोरी गीतमा सर्वाधिक चर्चित र लोकप्रिय गायिका विष्णु माझीलाई सरकारले विभुषण प्रदान गर्ने भएको छ ।

सरकारले हरेकवर्ष संविधान दिवसका अवसरमा राष्ट्रिय हितमा योगदान गरेका विभिन्न क्षेत्रका दिग्गजलाई विभुषणबाट सम्मान गर्दै आएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नौ सय ३ जनालाई विभिन्न विभूषण, अलङ्कार र पदक प्रदान गरेकी छिन्। विभुषण प्रदान गर्ने सूचिमा उनको पनि नाम समावेश रहेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

नेपालको संविधानको धारा २७७ को उपधारा (१) बमोजिम गत भदौ २९ गतेको मन्त्रिपरिषद्का सिफारिसमा राष्ट्रपति भण्डारीले ती विभूषण प्रदान गरेकी हुन्।

नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङ, नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल र नायिकामा भने केकी अधिकारीलाई पनि विभुषण प्रदान गरिएको छ ।

यसपटक प्रबल जनसेवाश्री पदवी माझी विभुषित भएकी हुन् ।

विभुषित हुनेहरुको नामावलीसहित यस्तो छ: