काठमाडौं । आज शुक्ल पक्षको अन्तिम पूर्णिमा हो । यस पूर्णिमाले आँउदै गरेको दशैं र अन्य चाडपर्व हरुलाई स्वागत गरेको छ । यस शुक्ल पूर्णिमाको दिन चन्द्र मा सर्वाधिक तेजिलो हुने गर्दछ। यस तिथीमा ब्रत बस्नाले चन्द्रमाको असिम कृपा प्राप्त हुने, स्वास्थ्य, शान्ति प्राप्त हुने विश्वास रहेको छ ।
पूर्णिमा को दिन विशेषगरी भगवान विष्णु र शिवको आराधना गर्ने प्रचलन छ । भगवान विष्णुलाई गरिने अर्चनालाई सत्य नारायण स्वरूप मा लिइन्छ । भगवान विष्णुको पुजा जहिले गरेपनि हुने शुभ कार्य हो, यद्धपि पूर्णिमाको दिन गरिने पुजाको फल बढि पाइने विश्वास रहेको छ।
यस दिन बसेको ब्रत सुर्योदय बाटा सुरु भएर साँझ चन्द्रोदय संगै समाप्त हुन्छ । यस तिथीमा निर्जल र निराहार बसेर या कसैले भने एक छाक मात्र खाएर, अलिनो भोजन गरेर पनि ब्रत बस्छन् । साँझ चन्द्रोदय भएपछि चन्द्रमा को दर्शन गरि पुजा गरेर ब्रत समापन गर्छन् ।