काठमाडौं । कमेडी च्याम्पियन सिजन २ का विजेता भरतमणी पौडेललाई प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री योगेश भट्टराईले रु एक लाख सहयोग प्रदान गरेका छन् ।
कमेडी च्याम्पियन सिजन–२ को विजेता घोषणा गरिएका पौडेललाई र एक लाख बराबरको चेक हस्तान्तरण गरेका हुन् । भट्टराईले प्रतिस्पर्धाकै क्रममा रहँदा पौडेललाई एक लाख व्यक्तिगत रूपमा सहयोग दिने बताएका थिए ।
आफ्नो जिल्लाबाट कलाकारिता क्षेत्रमा अघि बढेका पौडेललाई प्रोत्साहन गर्न उक्त सहयोग प्रदान गरेको भट्टराईले बताएका छन ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिकास्थित दोखु घर भएका पौडेललाई विजेता बनेकोमा बधाइ तथा शुभकामना दिँदै भट्टराईले कलाकारिताको क्षेत्रबाट जिल्लाको पहिचान र गरिमा बढाउन पौडेलद्वारा सहयोग पुग्ने विस्वास पनि व्यक्त गरेका छन् ।