काठमाडौं । नेकपा एमालेले कारवाही गरेका १४ जना सांसदलाई कारवाही नगरी माधव नेपालको नेतृत्वमा एमाले विभाजन गरेर अर्को पार्टी गठन गरिनु गैरकानुनी भएको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटमाथिको सुनुवाइ हेर्दाहेर्दैमा रहेको छ । न्यायाधीश दीपककुमार कार्की र कुमार चुँडालको संयुक्त इजलासमा बहस नसकिएपछि हेर्दा हेर्दैमा गएको हो । यो मुद्दामाथिको सुनुवाइ मंगलबार पनि जारी रहनेछ । एमालेले कारवाही गरेका १४ सांसदलाई सभामुख अग्नि सापकोटाले पदमुक्त नगरेको तथा लुम्बिनीका विमला वली र अजय शाहीलाई पनि सभामुखले पदमुक्त नगरेको भन्दै एमाले अदालत गएको थियो ।