काठमाडौं । सातौं सविधान दिवस कोपनहेगनमा पनि मनाइएको छ। नेपाली राजदूतावास डेनमार्कले एक कार्यक्रम आयोजना गरि सातौ संविधान दिवस मनाएको हो । दिवसमा डेनमार्कमा रहेका नेपाली संघसंस्थाका प्रतिनिधि, पत्रकारलगायतको सहभागिता रहेको थियो।
जनताका प्रतिनिधिद्वारा निर्माण गरी संविधानसभाबाट जारी भएको नेपालको संविधानलाई उत्कृष्ट संविधानकारुपमा कतिपयले ब्याख्या र विश्लेषण गर्ने गर्छन । भने कतिले नेपालको संविधान किताबी पानामा मात्र सिमीत भएको पनि ब्याख्या गर्ने गरेका छन् । मधेसवादी राजनीतिक पार्टी तथा कतिपय नागरिक समाजले भने संसोधन हुनुपर्ने माग गर्दै आएका छन् ।
यहि संविधानले गैर आवासीय नेपालीलाई ‘गैर आवासीय नेपाली नागरिकता’ दिने परिकल्पना समेत गरेको छ । तर, शुरुवात भने अझै भएको छैन । लोकतन्त्र प्राप्ति भएपछि २०६४ सालमा संविधानसभाको निर्वाचन भएको थियो । ४ वर्षसम्म संविधान बन्न नसकेपछि दोश्रो पटक फेरी संविधान सभाको निर्वाचन गरि २०७२ सालमा संविधान जारी गरिएको थियो । त्यसपछि मुलुकमा सङ्घ, प्रदेश र स्थानीय तहको राज्यसमयन्त्र शुरु भएको हो ।
कोपनहेगनमा भएको कार्यक्रममा राष्ट्रपति विद्या भण्डारीको शुभकामना सन्देश पनि सुनाइएको थियो ।अघिल्ला बर्षहरुमा डेनमार्क सरकारका प्रतिनिधी, डेनिस नागरिक र अन्य नेपालीको बाक्लो सहभागीमा भब्य कार्यक्रम गरी संविधान दिवस मनाइने गरिन्थ्यो । यसपालि भने सामान्य तवरले थोरै प्रतिनिधीहरुको उपस्थितीमा मनाइएको छ ।