काठमाडौं । डेनमार्क बाट आईसिसी सदस्य समेत रहेका रमेश काफ्ले ले युरोप युवा संयोजकमा उम्मेदवारी घोषणा गरेका छन् ।आगामि अक्टोबर २३ /२४ मा हुने गैर आवासीय नेपाली संघको दशौं विश्व सम्मलेनमा काफ्ले ले युवा संयोजकमा उम्मेदवारी घोषणा गरेका हुन् ।
१३ बर्ष देखी डेनमार्क बस्दै आएका काफ्ले बिभिन्न संघ संस्थाहरु पनि आबद्ध रहेका छन् । तनहुँमा जन्मेका काफ्ले हाल चितवन को भरतपुरमा बसोबास गर्दै आएका छन्। उनले डेनमार्क को रोसकिल्ड विश्वविद्यालयबाट बाणिज्य तथा ब्यापार सास्त्र मा स्नाकोत्तर गरेका छन् । काफ्ले २०१५ / २०१७ कार्यकालमा एनआरएन डेनमार्क को सचिव समेत रहेका थिए ।
उच्च शिक्षा का लागि सन २००८ मा डेनमार्क पुगेका काफ्ले एकदशक भन्दा बढी समय देखि निरन्तर गैरआवासीय नेपालीको अभियान मा सक्रिय रहेका छन्। युवाहरुको हकहित, नेतृत्व बिकास , दोस्रो पुस्ताको एनआरएनए मा सहभागिता तथा युवाहरुलाई उद्यमी हुन उत्प्रेरित गर्दै सामाजिक उत्धमसिलता विकाशमा भूमिका निभाउने, जसबाट परिकल्पना गरेको सम्रिद्ध राष्ट्र निर्माणमा थप टेवा पुर्याउन सकिने बिषयहरु उनको प्राथमिकता मा पर्ने बताएका छन् ।
पार्टी बस नेपाल, हाइड्रो लगायत बिभिन्न क्षेत्रमा लगानि गरेका काफ्ले बिभिन्न सामाजिक कार्यमा पनि उत्तिकै सम्लग्न रहेका छन् ।