काठमाडौं । आजबाट सोह्र श्राद्ध सुरु भएको छ ‌आज पहिलो तिथि अर्थात् प्रतिपदाको तिथिका दिन मृत्युभएका पितृहरूको सम्झनामा श्राद्ध गरिन्छ ।यस तिथिका दिन देखी पितृहरूको उद्धार का लागि श्राद्ध कर्म गर्ने प्रचलन रहेको छ। आजका तिथि देखि दशैं शुरु हुने जमरे औँसीसम्मको पन्ध्र दिन पितृहरूको सम्झना मा पिण्ड चढाउने धार्मिक प्रचलन रहेको छ ।

यस पन्ध्र दिन मा आफ्ना पितृहरुको पुण्य तिथि अनुसार चोखोनितो भइ घर घरमा अथवा तिर्थस्थल मा गएर पिण्ड दान दिइन्छ । यसरी पृतिहरुको नाम मा पिण्ड दान गर्नाले स्वर्गीय पितृहरूको आत्माले शान्ति पाउने, चित्त शुद्ध हुने, ऋणमुक्त गरिदिने धार्मिक मान्यता रहिआएको छ।

 

बढादशै जस्ता ठुला चाडपर्व आउनु अघि, अन्य देवी देवताको पुजा गर्नु अघि आफ्ना पितृहरूलाई खुसि पार्ने परम्परा अनुसार हिन्दू धर्मावलम्बी हरुमा सोह्रश्राद्ध महत्वपूर्ण रहेको छ।यस बर्ष को सोह्र श्राद्ध सुरुवातसँगै पितृहरूको आशिष सधा कायम रहिरहोस्, हरेक परिवार मा शान्ति छाइरहोस् र पितृहरूको बैकुण्ठ मा वास होस्।