सर्वे भवन्तु सुखिनस्,
सर्वे सन्तु निरामया,
सर्वे भद्रणि पश्यन्तु,
मा कश्रिद् दुखभागभवेत्,
ॐ शान्तिस् शान्तिस् शान्तिस्
मतलब, सबैजनालाइ सुख शान्ति होस् सबैले शुभको पहिचान गर्न सकुन । सबै स्वास्थ्य हुन, सबै प्राणि दुखि हुन नपरोस।
विश्व शान्ति दिवसको शुभकामना । शान्ति यउटा आध्यात्मिक शब्दवलि मात्र नभई मानव सभ्यताको आवश्यकता पनि हो । देशमा शान्ति कायम गर्नु प्रबचन मात्र हैन सबैको दायित्व पनि हो । यस विशेष दिनमा आज पोखराको विश्व शान्ति स्तूपामा विश्व शान्तिको कामना गर्दै दिप प्रज्वलन गर्ने प्रचलन छ ।
कोभिडको माहामारी पछि देशमा शान्ति को परिकल्पना गर्नु मात्र सिमित भएको छ । शान्ति दिवसको शुभकामना संगै माहामारीले दिएको मानसिक, सामाजिक असमानता को अन्त्य होस् र समान र दिर्घकालिन विश्वको कामना गरौ ।
विश्व दिवस शुभकामना जहाँ विश्व शान्तिको स्तुपाले बैदाममाथि उभिएर विश्व लाइ शान्ति दिइरहेको छ, जहा मान्छेहरू मित्रता का लागि विश्व भरि प्रसिद्ध छन्, । जहाँ आकाश को छेउमा लहरायको सगरमाथा को चुचुरो मा रहेको नेपालको झन्डा छ जस्ले विश्व सामु गौरबता झल्काएको छ, जहा शान्ति को सुरुवात बुद्धको जन्म भएको छ। यस्तो देशबाट विश्व शान्ति दिवसको शुभकामना ।