झापा। हल्दिबारीमा रहेको परिवर्तन कृषी तथा पशुपंक्षी मिश्रित कृषक समुहले कृषक का लागि एक दिने ताली तथा गोष्ठी कार्यक्रम सम्पन्न गरेको छ ।तोरी पकेट कार्यक्रमको बिषयमा एक दिने तालिम तथा गोष्ठी कार्यक्रम कृषी शाखा हल्दिबारी गाउँपालिकाको सहयोगमा कार्यक्रम आयोजना गरिएको कार्यक्रम का सहजकर्ता तथा कृषि प्राविधिक सोम घिमिरेले जानकारी दिएका छन् ।
कार्यक्रम मा धिमिरेले कृषकसग कृषि क्षेत्रमा भएका समस्या र तोरि,मकै,धानखेती,सागसब्जीको खेती बारे अवसर चुनौती र तरिका बारेमा प्रष्ट पारेका थिए।कृषक ले पनि आफ्नो समस्या र खेतिमा देखेका येस्ता समस्या प्राविधिक सग खुलेर राखेको देखेर समूह सगै आफू लाई खुशी लागेको अध्यक्ष बिष्ट ले बताए।
समुहका अध्यक्ष अजित कुमार बिष्ट ले अध्यक्षता गरेको कार्यक्रममा कृषक ,युबा ,लगायत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो।
कार्यक्रमको संचालन सचिब डिकबिर राई ले गरेका थिए।