जिन्दगीमा यात्रा गर्दागर्दै
पाइलाहरु कतिपटक ठोकिए
हजारौं ठाउँमा हजारौं सङ मन ठोकियो
कतिले कतिपटक यो कोमल मन दुखाए
गिन्ती छैन ।
कस्को लागि कतिपटक यी नयन रसाए
त्यसको कुनै नापतौल रहेन ।
आजभोलि
तिमी जिन्दगीमा छाए देखि
मेरा सारा रहर केबल तिमिमा बुन्छु
हजार सपनाहरू केबल तिमिमा देख्छु
आत्तिन्छु साच्चै
मलाई घरीघरी ऐठन हुन्छ
समय र भाग्यले मलाई तिम्रो बनाएन भने
म परिकल्पना पनि गर्न सक्दिन
तिमी बिना मेरो जिन्दगी कसरी चल्छ होला
मलाई जड्याहालाई जाडको नशा चढे झै
तिम्रो नशा चढेको छ
तिमिलाइ नसम्झी
तिमी सङ नबोली
मलाई मीठो निन्द्रा समेत आउदैन
किनकिन
पागलपनको पर्दाले मलाई यसरी छेकिदिएको छ नि
तिम्रो जत्तिको माया आजभोलि मलाई कसैको लाग्दैन
त्यसै त्यसै गलेको छु म आजकल
मेरा मनमा अनयासै कुराहरू खेल्छन
ती कुराहरू कल्पना सम्म नि गर्न सक्दिन म
मलाई केबल तिम्रो हुने इच्छा छ
मेरो सपना केबल तिम्रो बनेर जिउने सपना छ ।
जनम जनाम केबल तिम्रै हुने मन छ ।

नाम : सुजता निरौला