काठमाडौं । नेपाली कांग्रेसको हल्दिबारी सभापतिमा २ जनाको भिडन्त हुने भएको छ । असोज ९ गतेका लागि निर्धारित अधिवेशन नजिकिदै गर्दा गाउँ सभापतिमा हाल सम्म २ जनाले उम्मेद्वारी घोषणा गरेका छन् । गाउँ सभापतिमा हल्दिबारी ४ का होम चुडाल,र हल्दिबारी २ का तुलसी ओलि ले उम्मेद्वारी घोषणा गरेका हुन् ।

यी दुई गाउँ सभापतिका आंकक्षीहरु नै को र कुन समुह निकट भनेर स्पष्ट रुपमा मानिएको भन्ने छैन ।चुडाल हल्दिबारी ४ का वडाअध्यक्ष हुन भन्ने ओलि गएको स्थानीय तहको चुनावमा माओवादी केन्द्र बाट गाउँपालिका अध्यक्षको उम्मेदवारी मा असफल भएका हुन। चुनाव हारे सगै उनी माओवादी केन्द्रको को सदस्यीय त्यागेर हल्दिबारीमा कांग्रेस प्रवेश गरेका थिए।

कांग्रेसको विधान अनुसार गाउँमा एक गाउँ सभापति, एक उपसभापति, एक सचिव र एक सहसचिव हुने छन् भने कोषाध्यक्ष मनोनित हुनेछन्।