काठमाडौं । दक्षिण भारतीय फिल्म इन्डस्ट्रीकी चर्चित अभिनेत्री सामन्था अक्किनेनी डिभोर्सको तयारीमा रहेकी छिन् । सामन्थाको दक्षिण भारतीय फिल्म इन्डस्ट्रीका स्टार नागार्जुनका छोरा स्टार नागा चैतन्यसँग २०१७ मा विवाह भएको थियो ।
उनीहरुको जोडीलाई दर्शकहरुले सुन्दर जोडीको रुपमा मन पराउने गरेका छन् । उनीहरुको सम्बन्ध राम्रो नचलिरहेको समाचारहरु केही समय अघिदेखी चर्चामा रहेका थिए । विभिन्न भारतीय सञ्चार माध्यमका अनुसार नागाको बच्चा जन्माउने चाहना रहेको कारण उनीहरुको सम्बन्धमा दरार आएको बुझिएको छ ।
नागाले बच्चा जन्माउन चाहेपनि सामन्था भने आफ्नो करियरमा अहिले नै ब्रेक लिने पक्षमा छैनिन् । उनीहरुको डिभोर्स हुन लागेको खबर चलिरहे पनि अक्किनेनी परिवारले भने यो कुराको पुष्टि गरिसकेको छैन् ।विवाह पछि सामन्थाले सामाजिक सञ्जालमा आफ्नो नामको पछाडि अक्किनेनी लेखेकी थिइन् । तर केही समय अघि सामन्थाले सामाजिक सञ्जालबाट अक्किनेनी हटाएपछि उनीहरुको सम्बन्धमा दरार आएको अनुमान लगाइएको थियो ।