काठमाडौं । अभिनेत्री सामन्था र नागा टलिउडका परिचित र मन पराइएका जोडीमध्ये पर्छन्। तर एकपछि अर्को खबरले यो जोडीको सम्बन्ध अन्त हुने देखाइरहेको छ।
केही समयअघि सामन्थाले सामाजिक मिडियामा आफ्नो नामबाट नागाको थर ‘अक्किनेनी’ हटाएकी थिइन्। यसपछि नै उनीहरुको वैवाहिक सम्बन्धमा प्रश्न उठ्न थालेको हो। सामन्था र नागा वैवाहिक परामर्श लिन गएको खबर बाहिर आएपछि यो विषय झनै ठूलो हुन थाल्यो। अब भने यी दुई एकअर्कासँग छुट्टिएर बस्ने कुरा मिडियामा छाएको छ।
बलिउड हंगामाका अनुसार सामन्था र नागा अहिले एउटै घरमा बस्दैनन्। नागा घर छाडेर आफ्ना बुबा तथा नागर्जुन र कान्छी आमा अमालासँग बस्न गएका छन्। यता सामन्था भने बलिउडमा आफ्नो करियर अगाडि बढाउन हाइदरबादको घर छोडी मुम्बई बसाइ सरेकी छिन्।
‘सामन्थासँगै बसेको घर छोडेर नागा आफ्नो बुबाआमासँग बस्न गएका छन्।’ ‘द फ्यामली म्यान’ले पाएको सफलतासँगै सामन्थाको अभिनयलाई लिएर धेरै प्रशंसा भएको थियो।
बलिउडबाट पाएको मायापछि उनी आफ्नो अभिनय करियर अझै अगाडि बढाउन चाहन्छिन्। यता नागा चैतन्यले पनि आमिर खानको नयाँ फिल्म ‘लाल सिंह चड्डा’बाट बलिउडमा प्रवेश गरेका छन्। योसँगै उनको बालबच्चा जन्माएर परिवार ठूलो बनाउने चाहना छ।
यही फरक चाहनाको कारण सामन्था र नागाबिच मनमुटाव भएको उनीहरुको भित्री स्रोतले जनाएको छ। सामन्था र नागाको पहिलो भेट सन् २००९मा रिलिज भएको फिल्म ‘ये माया चेसावे’को सेटमा भएको थियो। त्योबेलादेखि नै उनीहरुको सम्बन्ध राम्रो थियो र दर्शकहरुले पनि यो जोडीलाई मन पराएका थिए।
यी दुई जोडीको सम्बन्ध विच्छेदको हल्ला फैलिएसँगै भारतीय फिल्म क्षेत्र र प्रशंसकहरु दुखी भएका छन्। कोही पनि उनीहरुको सम्बन्ध बिग्रियोस् भन्ने चाहिरहेका छैनन् ।
एजेन्सी: