काठमाडौं । बिहानको सुरुवात सँगै चिया को चुस्की लियर आन्नद मान्ने धेरै नेपालिहरु भेटिन्छन्। आजकल चिया एक पेय पदार्थ मात्र नभएर संस्कार जतिकै बनेको छ । साथिभाई सँग गफगाफ गर्दागर्दै कति को चिया पियको वास्ता पनि हुदैन्। विशेष गरि युवा वर्ग हरु चिया प्रति बढि मोहित हुदै गइरहेको छन् । साथिभाई सँग चिया गफ भेला हुने र चुरोट तान्ने संगै चिया को चुस्की लिने गर्दछन् । तर दिन मा ३ कप भन्दा बढि चिया पिउनु हानिकारक साबित भएको छ ।

चिया धेरै पिउनाले अस्थिर हुने, डर लाग्ने, सरिरको पानिको मात्र बाहिर निस्किने र पेटको समस्या बढ्न सक्ने हुन्छ । चियामा क्याफिन को मात्रा बढि हुन्छ जसले गर्दा लत लाग्ने, राति निद्रा नलाग्ने जस्ता समस्याहरु देखा पर्छन् । यसको लत लागेपछि नपिउदा टाउको दुख्ने, थकान र सुस्त अनुभव हुने गर्दछ

धेरै चिया पिउनाले पिसाब बढि लाग्ने हुनाले , शरीरमा भएको पोटासियम, सोडियम जस्ता सरिरका आवश्यक तत्व हरु बाहिरिन्छन् र सरिर कमजोर हुन थाल्छ ।

चियामा क्याफिनका साथै अन्य पोषक तत्व पनि बढी पाइन्छ त्यसैले धेरै सेवन गर्नाले शरीर लाइ नकारात्मक हानि पुर्‍याउने हुनाले सकेसम्म चिया कम पिउनु स्वास्थ्यका लागी फलदायी हुन्छ। हामि सबैले सकेसम्म चियाको लत कम गरौँ र सरिर कमजोर हुनबाट बचौं ।