मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। सुन्दर पहिरनले व्यक्तित्व निखार्दै नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउने छ। पहिलेका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
खर्च लागे पनि अहिलेको मेहनतले पछिलाई फाइदा हुनेछ्। प्रतिस्पर्धामा उत्रनुपरे पनि आफ्नो स्थान सबल बनाउन सकिनेछ्। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। पहिलेका प्रतिस्पर्धीले समेत सहयोग तथा सहकार्यका हात अघि बढाउनेछन्।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
आम्दानी मनग्य भए पनि आकस्मिक खर्चले धन संग्रहमा बाधा पुग्नेछ। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। थालेको काम बीचमा रोकिन सक्छ। खर्च र समय लागे पनि मिहिनेत गर्दा पुन: काम बनाउन सकिनेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। कामको यश अरूकै हातमा जान सक्छ। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान्। तापनि भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अरूको काममा जुट्नुपरे पनि फाइदा आफैंलाई हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउने छ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
समयमै गम्भीर नबन्दा समस्या थपिन सक्छ। आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन्। हुलमुलमा धनमाल गुम्न सक्छ। खर्च बढ्नुका साथै अर्थ अभाव महसुस हुनेछ। अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन्।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
प्रयत्न गर्दा प्रशस्त फाइदा हुने दिन छ। उपहारले उत्साह जगाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनाले मनमा आनन्द मिल्नेछ। अतिथिको रूपमा सत्कार समेत प्राप्त हुनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ। मनपर्ने भौतिक साधन जोड्ने समय छ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
समय संघर्षपूर्ण रहनेछ। हठ गर्ने बानीले दुःख पाइनेछ। परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ।अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
कामले उत्साह जगाउनेछ। सुखद समाचार सुन्न पाइनेछ। स्वास्थ्य सबल रहनेछ। अवरोध बिस्तारै समाप्त हुनेछ। हिम्मत गर्दा आफ्नै प्रतिभाले फाइदा दिलाउनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम गर्ने मौका छ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ। वादविवादबाट टाढा रहनुहोला। बुद्धिको उपयोग गर्दा जटिल सोचिएको काम सजिलै काम सम्पादन हुनेछ। मेहनतीहरूका लागि समय फलदायी रहनेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। अध्ययनमा प्रगति गर्न सकिनेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ। सहयोगीहरूले पनि विपक्षीलाई साथ दिनाले काममा चुनौती देखिएलान्। मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। पहिले दुश्मनी गर्नेहरूले मित्रताका हात अघि बढाउलान्।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
सहयोगीहरूले साथ दिनेछन् भने मेहनतले सम्मानित स्थान पनि दिलाउनेछ। पहिलेका कमजोरी सुधार्ने अवसर प्राप्त हुनेछ। बोलीको भरमा काम सम्पादन हुनेछ। विचारले धेरैलाई आकर्षण गर्ने बेला छ।