काठमाडौं । धादिङ को दुर्गम गाउँमा जन्मिएका करिब १५ वर्षीय सुन्दर परियार, हाल काठमाडौंको क्षेत्रपाटि मा रिक्शा चलाइरहेका छन्।पढ्ने, खेल्न र रमाईलो गर्ने उमेर मा उनी आफ्नो रिक्शा को लागी यात्रुहरु खोज्न को लागी बिहान सबेरै उठ्न बाध्य छन्।

आर्थिक रूपमा कमजोर उनको परिवारमा बिरामी बुबाआमा र घरमा धेरै भाइबहिनीहरु छन् । काम को खोजी मा  ३ महिना पहिले काठमाडौं आएका उनी दैनिक ज्याला लगभग ३०० कमाउँछन् तर दैनिक १०० रुपैँया भने उनको रिक्शा मालिकलाई बुझाउनु पर्छ ।

कति मानिसहरु उनको रिक्शा मा चढ्दैनन् र कति मानिसहरु भाडा नतिरि झर्ने गर्छन् । उनी आफ्नो बुबाको लागी औषधि र भाइबहिनिहरु लाई दशैका लागि नयाँ लुगा किन्दिन चाहन्छन् ।

हुन त, नेपालको कानूनले बालबालिकाको शिक्षा, स्वास्थ्य र सुरक्षाको अधिकारको ग्यारेन्टी गरेको छ, तर उनि जस्ता धेरै बच्चाहरु छन् जो धेरै कारणले बाल श्रममा संलग्न हुन बाध्य छन्। हाम्रो देश मा यस्ता कयौं घटनाहरु साँच्चै पीडादायी छन्।

स्रोत : Story & Pic: Mayjan/Binita Kunwar Kshetri /routineofnepalbanda