काठमाडौं । आज (शुक्रबार) नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको हो ।

बुधबार छापवाला सुन प्रतितोला ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो भने आज सुनको मूल्य  प्रतितोला ६ सय रुपैयाँले घटेर ८९ हजार रुपैयाँ भएको छ । त्यस्तै, आज तेजावी सुन ८८ हजार ५५० रुपैयाँ कायम भएको छ ।

त्यसैगरि, आज चाँदी भने प्रतितोला ५ रुपैयाँले बढेर १ हजार १ सय ६० रुपैयाँ कायम भएको छ ।