काठमाडौं। बिहान सबेरै उठ्नाले शारीरिक र मानसिक रूपमा स्वस्थ रहनका साथै डिप्रेसनको जोखिम कम हुन्छ ।
बिहान उठेर व्यायाम गर्दा शरिरको रक्तसञ्चार बढ्छ, मुटु स्वस्थ रहन्छ र मुटु सम्बन्धी विभिन्न रोगको जोखिमबाट बच्न सकिन्छ ।
बिहान सबेरै उठ्ने व्यक्तिले शुद्ध र सफल अक्सिजन लिन पाउँछन्, जसले गर्दा सास सम्बन्धि समस्याहरु भए राहत दिन्छ ।
सबेरै उठ्ने व्यक्तिले बिभिन्न मानसिक समस्या बाट छुट्कारा पाउनका साथै दिनभरि फ्रेस महसुस हुन्छ । यस्ता व्यक्तिलाई डिप्रेसनको जोखिम पनि कम हुन्छ।
बिहान सबेरै उठ्ने बानी बसालौं, स्वास्थ्य रहौं ।