काठमाडौं । विश्वमा विभिन्न प्रकारका खेलहरु खेलिने गरिएको पाइन्छ। सबै प्रकारको खेलहरु आफ्नो ठाउमा उतिकै महत्वपुर्ण र प्रख्यात रहेका छन। यी खेलहरुमध्ये सबैभन्दा बढि मनपराइयको र विश्व प्रख्यात खेल हो फूटबल। त्यसबेला अर्जेन्टिनामा म्याराडोना र वोर्ल्ड कप को जितले गर्दा देशभरी खुसिको माहोल छाइराखेको थियो । त्यसै कारण अर्जेन्टिनाका सबै बालबालिका फूटबल खेल्न र सबै अबिभाबक पनि आफ्नो बालबालिकालाई फूटबल खेलाउन चाहान्थे। तेसैमध्ये एक फूट्बल खेल्न चाहाने बालक थिए अहिलेका फूटबल जगतकै सर्वोत्कृस्ट खेलाडी मध्ये एक लियोनल एन्ड्रेस मेस्सी।

 

मेस्सी को जन्म सन :१९८७ जुन २४ मा अर्जेन्टिनाको एक सानो सहर रोसारियोमा भएको हो। उनको बुवाको नाम जोर्ज मेस्सी र आमाको नाम सेलिया मारिया हो। उनको बुवा जोर्ज मेस्सी एक कारखानामा काम गर्थे र आमा सेलिया मारिया हाउस सर्भिसको काम गर्थिन। मेस्सी बाहेक उनका दुई दाजु मेटियस र रोडारियो मेस्सी अनि एक बहिनी मारिया सोल रहेका छन्। मेस्सिको परिवार एक मध्यम्बर्गिय भएकाले उनको घरमा आर्थिक अभाब थियो। परिवार मध्यमबर्गिय भएपनी उनको बुवाले सोचेका थिए कि म आफ्नो छोरा छोरिलाइ त्यो सबै प्रकारको सुबिधा दिनेछु जस्ले उनिहरुलाइ भबिस्यमा आगाडी लिएर जानेछ।

बाल्यकालमा मेस्सी आफ्नी हजुरआमाका एकदमै प्यारा थिए। हजुरआमाले नै भनेको कारण मेस्सी लाई पहिलोचोटी फूटबल खेल्न चाइने सामानहरु पनि ल्याइदिइएको थियो। त्यो समयमा एक हजुरआमा मात्र हुनुहुन्थ्यो जस्को सपना मेस्सी एक महान फूट्बलर बनेको हेर्न चाहानु हुन्थ्यो।
हजुरआमाले नै मेस्सीलाइ ४ बर्षको उमेरमा पहिलोचोटि एक लोकल फूटबल क्लब ग्र्यान्डोली मा भर्ना गराएकी थिइन। र साथसाथै भनेकी पनि थिइन कि तिमी एकदिन विश्वको सर्वोत्कृष्ट फुट्बलर बन्नेछौ। सोहि क्लब मा मेस्सी ४ बर्स बसिसकेपछी ८ बर्सको उमेरमा आफ्नो सहर रोसारियाको एक क्लब निवेल्स ओल्ड बोइज बाट खेल्न थाले।

त्यसबेलासम्म मेस्सीको लागी फूट्बल सास फेर्नजत्तिकै महत्व्पूर्ण भैसकेको थियो। उ बिना थकित दिन रात अभ्यास गर्थे । फूटबल नै उनको लागि प्रेरणा बनी सकेको थियो। जब मेस्सी १० बर्षका भए उनको हजुरआमाको निधन भयो। त्यो घटनले मेस्सीलाई सबभन्दा धेरै दुखि  र निराश बनायो। हजुरामाको मृत्यु पश्चात मेस्सीले फूटबल लाई धेरैदिन हातसम्म लगाएनन् फेरि उनका बुवाले धेरै सम्झायपछी फेरि उनले फूटबल खेल्न थाले ।

आजपनी मेस्सी जब गोल गर्छन तब आफ्नो दुबै हात माथी उठायर आफ्नो हजुरआमामालाई याद गर्ने गर्छन। आफ्नो फूटबल अभ्यासभन्दा पछि जतिपनी उस्लाई समय मिल्थ्यो तब मेस्सी एक पसलमा चिया र कफि पुर्‍याउने काम गर्थे ताकी आफ्नो परिवारमा थोरै भय पनि आर्थिक सहयोग पुगोस।११ बर्षको उमेरमा मेस्सीले आफ्नो जिबनको सबैभन्दा ठूलो चुनौतिको सामना गर्नु पर्यो जब उनलाइ ग्रोथ हार्मोन डेफिसेन्सी बृद्दी हार्मोनमा कमि छ भन्ने पत्ता लाग्यो जस्ले उनको उचाइ वृद्धि हुने क्षमतालाई रोकेको थियो। यो बिरामीलाइ ठिक गर्न जुन उपचार थियो त्यो धेरै खर्चिलो थियो र मेस्सिको परिवार आर्थिक रुपबाट त्यती सक्षम थिएनन् कि उनिहरुले त्यो उपचार गराउन सकुन। तर त्यस्तो जटिल चुनौती पश्चात पनि मेस्सी कहिल्यै हतास र निराश भने भएनन्।

 

उनले आफ्नो खेलको स्तरमा कहिलै कमि हुन दिएनन्। उनको शरीरको उचाइ कम भए पनि उनी आफ्नो उमेरको साथिहरु भन्दा धेरै राम्रो फूटबलर थिए । उचाई सानो भएको र उपचारकोलागी धेरै खर्च गर्नुपर्ने भएकोले अर्जेन्टिनाको रिभर प्लेट क्लबबाट अस्विकार गरिएको थियो।यो घटनाले मेस्सिको सबैभन्दा बढी मनोबल टुटेको थियो। तरपनी उनले कहिल्यै हार मानेनन् चुनौतीहरुको बिचमा आफ्नो मनोबललाई कहिल्यै कमजोर हुन दिएनन्। जब ऊनी १३ बर्षको भए त्यसबेला स्प्यानिस क्लब बार्सिलोनाको म्यानेजरलाइ कसैले मेस्सिको प्रतिभाको बारेमा बताए र बार्सिलोनाको म्यानेजरले भने यो खेलाडीमा प्रतिभा रहेछ भने उस्को उपचारमा लाग्ने सबै खर्च उठाइनेछ तर उस्लाई अर्जेन्टिना छाडेर स्पेन आउनुपर्छ।

मेस्सी आफ्नो बुवा र आमा सँग स्पानीस क्लब बार्सिलोना आए। बार्सिलोनाको म्यानेजरले उस्को खेल हेरे र उस्लाइ मेस्सी को खेल सारै मन पर्यो। फेरी पनी एउटा १३ बर्सको बालक माथी यत्रो धनरासी खर्च गर्न सबै डराइ रहेका थिए। म्यानेजरले धेरै सोचिसकेपछी मेस्सीको उपचार खर्च उठाउने निर्णय गरे । मेस्सिलाइ नेपकिन पेपरमानै सम्झौता हस्ताक्षर गराएर मेस्सीलाई बार्सिलोना युथ एकेडेमिमा भर्ना गराइयो। उनलाइ क्लबमा उचाइ होचो भएको कारण सबैले संका गर्थे तर मेस्सले त्यो संकालाइ विश्वासमा बदल्न धेरै समय लिएनन्। यसै बिचमा उनको उपचार पनि भइरहेको थियो।

२००३ मा १६ बर्सको उमेरमा पहिलोचोटि बार्सिलोनाको लागि खेल्ने मौका पाए। उनले आफ्नो पहिलो खेलमा कोच लगाएत दर्सकहरुलाई पनि प्रभावित पार्दै बार्सिलोनाको लागी आफ्नो पहिलो गोल गरे।१६ अगस्ट २००५ मा १८ सालको उमेरमा हङेरीको बिरोधमा उनले आफ्नो पहिलो अन्तराष्ट्रिय खेल खेले त्यसपश्चात उनले कहिल्यै पछाडी फर्केर हेर्नू परेन। बार्सिलोना क्लब मा मेस्सीलाई रोनालडिनो जस्तो ठूलो खेलाडी सँङ अभ्यास गर्ने मौका मिल्यो।

बार्सिलोनामा मेस्सीको खेल खेल राम्रो हुँदै गयो। मेस्सीकै सान्दार खेलको कारण सन २००८,२००९ मा बार्सिलोनालाई बिजय हासिल गराए। सन २०१२ मा एक बर्षमा सबैभन्दा अधिक गोल गर्नका कारण मेस्सीको नाम गिनिज वल्र्ड रेकर्ड मा सामिल गरियो। उनले त्यस बर्ष ९१ गोल गरेका थिए।२५ बर्सको उमेरमा मेस्सी २०० ला -लिगा गोल गर्ने सबैभन्दा कम उमेरका खेलाडी बने। लगातार उनले ४ फि फा पुरस्कार जितेर एक रेकर्ड बनाएका थिए । ३ गोल्डेन जुत्ता जित्ने पहिलो खेलाडी बने।सन२०१३ मा मेस्सीले बार्सिलोना क्लब को लागि ३०० गोल गरे स्पानीस ला- लिगामा ३०० गोल गर्ने उ एकमात्र खेलाडी हुन। सन२०१४ को वल्र्ड कप मा उनकैकारण अर्जन्टिनाले फाइनल सम्मको बाटो तए गर्यो र उनले गोल्डेन बल पनि प्राप्त गरेका थिए।

सन२०१७ जुन ३० मा उन्ले आफ्नो बल्यकाल्को साथी एनटोनिला रोकुजा सँग् बिबाह गरे। मेस्सी र रोकुजाले म्याटियो,कायरो ,र थिगो मेस्सी नामक तीन छोरालाइ जन्म दिएपछी एक अर्कासङ बिबाह गरेका हुन्।

सन२०१९ मा हाइएस्ट पेड एथलेटिक्स को सुचिमा कुल आय १२७ मिलिएन डलर सँग १ नम्बरमा थिए। सन२०२१ को कोपा अमेरिका मा उनकै कारण ले अर्जेन्टिनाले सान्दार जित हासिल गर्यो । सन २०२१ अगस्त ५ मा विभिन्न कारणले गर्दा आफ्नो बार्सिलोना क्लब लाई २१ बर्षपछी छोडेका हुन्।

त्यस घटना मेस्सीको लागि असाध्यै पिडादायिक भएको थियो। मेस्सी ले बार्सिलोना छाडेको केही समय पछि अर्को क्लब पि एस जि मा आबद्ध भए। सन२०२१ सेप्टेम्बर १० मा बोलिभिया बिरुद्ध ३ गोल गर्दै इतिहासकै महान फूटबलर पेलेको अन्तराष्ट्रिय गोल रेकर्ड तोड्दै साउथ
अमेरिकाको सबैभन्दा बढी अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडि बनेका हुन् ।

मेस्सीले ७९ गोल आफ्नो देशको लागि र बार्सिलोनामा ६७द्द गरि जम्मा आफ्नो जिबनको ७५१ गोल पुरा गरिसकेको छन।एसै क्रममा मेस्सीले आफ्नो फूटबल जिबनमा विभिन्न रेकर्ड बनाएका छन । जस्लाइ जित्न कुनैपनी खेलाडिको लागी सजिलो छैन। अहिले मेस्सी सबैको मन मस्तिस्कमा बसिसकेको छन। उनको फ्यान फलोइङ बिश्व भरिनै रहेका छन्। हालसम्म उनको इन्स्टाग्राम मा २६८ मिलियन जनाले फलो गरेको छ्न।

मेस्सी महान फूटबलर मात्र नभयर एक अविस्मरणिय परोपकारी पनि हुन। बालबालिकाको बिकास र शिक्षा को लागि सन२००६ मा लियो मेस्सो फाउन्डेसनको स्थापना गरेका छन। यो फाउन्डेसन ले आनाथ, गरिब, असाहायको मदत गर्दछ । र उनिहरुलाइ पढ्न र उनिहरुमा भएको प्रतिभालाइ बाहिर ल्याउने मौका पनि दिन्छ। लिओन मेस्सी सबैको लागि एक प्रेरणादायी ब्याक्ती बनेका छन।

खोज : रोशन थापा

स्रोत : youtube , google