काठमाडौँ । चर्चित भारतीय अधिकारकर्मी कमला भासिनको निधन भएको छ । उनको शनिबार बिहान ७५ वर्षको उमेरमा क्यान्सरका कारण निधन भएको हो ।

सामाजिक अभियन्ता कविता श्रीवास्तवले उनको मृत्यु भएको पुष्टि गर्दै एक ट्विट गरेकी छन् । निरन्तर महिला अधिकारका क्षेत्रमा क्रियाशील भासिन पछिल्लो समय क्यान्सरसँग संघर्ष गर्दै थिइन् ।

सन् १९४६, अप्रिल २४ मा भारतको राजस्थानमा जन्मिएकी भासिन महिलावादी आन्दोलनका लागि चर्चित नेटवर्क ‘संगत’ मार्फत उनले अभियान चलाएकी थिइन् ।