काठमाडौं । विष्णु माझीको तिजको गित ‘चरी जेलैमा’ ले सर्वत्र चर्चा पएपछि र अहिले उनको दशैं तिहार गीत सार्वजनिक भएको छ । ‘दशैं तिहार आइसक्यो’ बोल को गीत बुधबार मात्रै सार्वजनिक भएको हो ।
कुनै पनि कुरा जति बढी लुकाइन्छ, त्यसप्रति त्यति नै चासो बढी हुन्छ । नदेखेको, नभेटेको कुरामा मान्छेले स्वाभाविकै बढी चासो दिन्छ । नेपालको सांगीतिक बजारमा विष्णु माझी त्यस्तै एक चासो र रहस्यले भरिएकी गायिका हुन् । उनीप्रति मानिसको चासो अत्यधिक बढ्दै गइरहेको छ । किनभने, उनी सार्वजनिक जीवनमा देखिएकी छैनन् । स्वरकै कारण चर्चित लोकगायिका सर्वत्र उपलब्ध छैनन् ।‘
विष्णु माझी कस्ती छिन् ?’, ‘उनी किन सार्वजनिक छैनन् ?’, ‘गुप्तवास उनकै इच्छ्या कि बाध्यता ?’ यस्ता कयौ प्रश्न हरु उठिरहेका छन् ।
सांगीतिक बजारमा फेरि केही दिन उनको गीतको चर्चा बढ्ने छ ।
भिडियो लिंक : https://youtu.be/eUm9PXlbNC4