काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।

आज छापवाला सुन प्रतितोला ८९ हजार रुपैयाँ कायम भएको छ। शुक्रबार पनि छापवाला सुन सोही मूल्यमा कारोबार भएको थियो र तेजावी सुन ८८ हजार ५०० रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर ११ सय ६० रुपैयाँ कायम भएको छ । गत साताको शुक्रबार चाँदी प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।