काठमाडौं । गैर आवासीय संघ (एनआरएनए) को  महाधिवेशनका लागि कुल आचार्यले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

आचार्यले आज (आइतबार) होटल याक एण्ड यति दरवारमार्ग मा रहेको पत्रकार सम्मेलन मा ‘पद्धति र पारदर्शिता, समावेशी एनआरएनए हाम्रो प्रतिबद्धता’ नारा का साथ अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन्।

पर्वत को धाइरिङमा जन्मेका आचार्य हाल बेलायतमा बसेर ब्यवसाय गर्दै आइरहेका छन् ।आचार्य ‘दुई कार्यकाल केन्द्रीय सदस्य, एक कार्यकाल कोषाध्यक्ष, दुई कार्यकाल महासचिव र उपाध्यक्ष’ रहिसकेका छन् ।गत निर्वाचनमा कुमार पन्तसँग पराजित भएका कुल आचार्यले गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्को अध्यक्षमा पुन उम्मेदवारी दिने घोषणा गरेका हुन्।

गैरआवासीय नेपालीलाई मात्र नभई संसारको बिभिन्न देशमा रहेका नेपाली मानिसहरू लाइ पनि जोड्ने आचार्य को योजना रहेको छ । उनले वैदेशिक रोजगारीलाई थप मर्यादित र व्यवस्थित बनाउने र विदेशी भूमिमा काम गर्ने नेपालिको सुरक्षा मा विशेष ध्यान दिने दाबी समेत गरेका छन्।

नेपाली पर्यटन प्रवर्द्धन, नेपाली भाषा,कला संस्कृतिको जगेर्ना को लागि अभिनय चलाउने सम्म उनको योजना रहेको छ ।

यसअघि रविना थापाले पत्रकार सम्मेलन गरेर अध्यक्षमा उम्मेदवारी घोषणा गरेकी थिइन्। र डा. बद्री केसीले पनि यसअघिकै अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन्।