काठमाडौं । पोर्चुगलमा एनआरएनका दुई समानान्तर समूहबीच झडप भएको छ। हालसम्म कुनै पनि समूहले आधिकारिकता नपाएको बेलामा आफूनै आधिकारिक भएको भन्दै दुई समूहबीच शनिबार झडप भएको हो।

सुरूदेखिनै विवादमा रहेको पोर्चुगलको एनआरएनमा हिजो भएको झडपमा केही गम्भीर घाइतेसमेत भएका छन्। समयमै प्रहरी पुगेर थप क्षति हुन पाएन।

यतीबेला पोर्चुगलमा एनआरएन प्रति अत्यन्त घृणा र वितृष्णा छ। शनिबारको झडपपछि पोर्चुगलका एनआरएन सदस्यले यी दुबै समानान्तर समिति नै विघटन गर्नुपर्ने माग गरेको छन् ।

आफू-आफू लड्नेले कसरी समाजमा काम गर्छन्, यस्तो एनआरएन हामीलाई चाहिँदैन, मान्छे पिट्न पाईदैन भन्दै पोर्चुगलका नेपाली आक्रोशित भएका छन्।

‘गैर आवासीय नेपाली संघ’ यसको नाम सुन्ने वित्तिकै संसार भर छरिएका नेपालीले आफ्नै ‘साझा संगठन’ को रूपमा लिन्छन्। संसारभरका सबै नेपालीलाई समेट्ने र राजनीतिक गन्धबाट टाढा राख्ने उद्धेश्य लिएर यसको स्थापना भएको थियो, तर विडम्वना, यतीबेला एनआरएन भित्र राजनीति छिरेको छ। धनाड्यका लागि जुँगाको लडाईँ र एनआरएनको केन्द्रीय पदाधिकारी पदलाई नेपालमा हेलिकप्टर सयर गर्ने र नेता मन्त्रीको ढोकामा पुग्ने भर्‍याङको रूपमा रूपान्तरण भएको छ।

एनआरएन भित्रको चरम राजनीति, ठगीधन्दा अनि गल्ती गर्ने पदाधिकारीलाई केन्द्रको ढाकछोप जस्ता कारणले आशाभन्दा निराशा बढेको छ। संस्थाको बदनामी बढिरहेको छ। यस्तै निराशाबीच विदेशमा रहेका हजारौं नेपाली साधारण सदस्य बन्नसमेत रूची देखाएका छैनन्। दलीय प्यानलबाहेक स्वतन्त्र उठ्ने जो कोहीले अहिले भोट नै पाउँदैनन्। एक स्वतन्त्र संस्थालाई दलीय रूपमा रूपान्तरण गरेर राजनीतिको फोहोर खेल यतिबेला एनआरएनमा छिरेपछि संस्थाप्रति तृष्णाभन्दा घृणा गर्ने बढी छन्।

यतिबेला विदेसमा एनआरएन भन्दा गैर एनआरको बाहुल्य छ। यसले एनआरएन अभियान्तामाथि नै एक नैतिक प्रश्न खडा गरेको छ। यसको जिम्मेवारी पदमा पुगेकाले लिनैपर्छ। ठगी, तस्करी र बदमासीलाई एनआरएनले लगाम लगाउनै पर्छ।

राजनीतिभन्दा बाहिर राखेर कुनै पनि राजनीति दलमा आवद्ध भएकालाई पदाधिकारी नबनाउनुका साथै पदावधि थप गरेर काम गर्न दिनुपर्छ।

यसरी सामाजिक रूपमा सक्रिय तथा अग्रसर हुनेलाई मौका दिएर मितव्ययी तथा भड्कीलो खर्चरहित चुनाव भएमा सामाजिक भावना भएकाहरू नेतृत्वमा आउने थिए र साच्चीकै संस्थाप्रति आम रूची बढ्नेछ अनि अपनत्व फिल हुनेछ। होइन भने आगामी दिनमा एनआरएनप्रति झन निरासा र वितृष्णा नवढ्ला भन्न सकिँदैन।

एजेन्सि :