काठमाडौं । ज्वरो आउँदा शरीरको इनर्जी घट्ने भएकाले बालबालिकालाई साबिकको भन्दा बढि क्यालोरी खुवाउनुपर्ने हुन्छ । बालबालिकालाई डिहाइड्रेसन हुन नदिन सादा पानी, सुप, ग्लुकोज पानी, जुस, गेडागुडिको रस प्रशस्त खुवाउनुपर्छ ।

तारेको र तेलमा भुटेको चिल्लो खानेकुरा, घिउ, काब्रोनेटेड डिग्स कोक, फेन्टा त्यस्तै, आइसक्रिम, केक, पेस्ट्रि, जंक फुड चकलेट, चाउचाउ, बिस्कुट, पिज्जा, चिप्स मसालेदार चिज, सलाद, क्याफिनयुक्त खानेकुरा चिया कफि खुवाउनुहुदैँन ।

दुध दहि जाउलो, खिचडि, ओट्स, होल ब्रेड, नरम भात, नरम सुख्खा रोटि, आलु सबैजसो ताजा फलफुल सब्जि, गेडागुडि, काजु, बदाम, आलमण्ड र उसिनेको अण्डा खुवाउन मिल्छ । रातो मासु खुवाउनु हुदैँन । सेतो मासु राम्रोसँग पकाएर चिल्लो नराखी खुवाउनु पर्छ ।