काठमाडौं। स्वास्थ्य कार्यालयले भारतबाट आउने नेपालीलाई सीमा पुलमै कोरोनाविरुद्वको खोप लगाउन थालेको छ । भारतका विभिन्न क्षेत्रबाट मजदूरी गरि फर्कने नेपालीलाई सदरमुकाम खलङ्गा पूलघाटमा कोरानाविरुद्वको खोप लगाउन थालिएको हो ।

भारतको धारचुला जोड्ने खलङ्गा पूलघाटमा दशैंतिहारका लागि घर फर्किने नेपालीलाई जोनसोन खोप लगाउन थालिएको जनस्वास्थ्य अधिकृत जयराज भट्टले बताए । अहिले सीमामा भारतबाट फर्किने नेपाली बढ्दै गएका छन् । आइतबार पूलघाटमा भारतबाट आउने २५ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ । टाढाबाट फर्किएकाको कोरोना परीक्षण तथा कोरोनाविरुद्वको खोप लगाउन थालिएको उनले बताए ।