काठमाडौं। सोमबार बिहान काठमाडौंबाट विराटनगर उडेको बुद्ध एयरको को जहाज अवतरण हुन नसकी फर्किएको  काठमाडौंस्थित त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरेको छ।

रनवेमा अवतरण हुनै लाग्दा बुद्ध एयर विमान पाङ्ग्रा नखुलेपछि आकाशमै फर्किएको थियो । केही समय काठमाडौंको आकाशमा होल्ड भएको जहाजले सुरक्षित अवतरण गरेको बुद्ध एयरले जनाएको छ। उक्त जहाज अवतरणको तयारी गर्ने क्रममा दायाँतर्फको पाङ्ग्रा खुलेको थिएन । सबै उपाय अपनाउँदा पनि पाङ्ग्रा नखुलेपछि विराटनगरको तुलनामा काठमाडौंमा अवतरण गर्न उपयुक्त हुने ठानेर सो जहाजलाई काठमाडौं फर्काइएको थियो ।

अवतरण गर्नुअघि त्रिभुवन विमानस्थलमा आधा दर्जन बढी दमकल, एम्बुलेन्स र उद्धारकर्मीहरुलाई तयारी अवस्थामा राखिएको थियो । सो जहाजले धावनमार्ग छोएपछि जहाजको दायाँ बायाँबाट दमकल र एम्बुलेन्स जहाज गएतर्फ गुडेका थिए ।

उक्त जहाज क्याप्टेन एजी शेर्पाले उडाएका थिए। जहाजमा ७२ यात्रु सवार थिए। विमानस्थलमा यात्रुहरूको स्वास्थ्य जाँच गरिने र त्यसपछि अर्को जहाजमा विराटनगरमा पठाइने विमानस्थल कार्यालयले जनाएको छ।

एजेन्सि :