काठमाडौं। फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनलाई सोमबार लियोनमा एक खाना खाने कार्यक्रमा अण्डा प्रहार भएको छ।

सीएनएनका अनुसार प्रहार गरएिको अण्डा म्याक्रोनको काँधबाट उछालियो भुइँमा झरेर फुटेको फ्रान्सेली प्रकाशन लियोन म्यागका एक पत्रकारले बताए ।

लियोन म्यागले आफ्नो ट्विटर एकाउन्टमा सिरहा फूड एण्ड हस्पिटालिटी फेयरमा भएको घटनाको एउटा भिडियो शेयर गरेका छन्। क्लिपमा म्याक्रोनको काँधबाट अण्डा उछालिएको देखएिको छ र क्यामराले एक जना मानिसलाई नियन्त्रणमा लिने अधिकारीहरु लाई फोकस गर्दै थिए ।

घटना पछाडिको कारण अझै प्रष्ट भएको छैन । लागो ले एक युवकले अण्डा फ्याक्दै गरेको देखिन तर धेरै हल्ला भएको कारण आवाज भने सुनिनन् । उनले सुरक्षाकर्मीहरुलाई बताइन र तुरुन्तै ति व्यक्तिहरुलाई परिसरबाट बाहिर निकालियो ।

राष्ट्रपति २ घण्टा वरिपरि हिडेपछि, सबै कुरा शान्त भयो र उनलाइ न्यानो स्वागत गरियो ।

म्याक्रोनलाई यसअघि २०१७ मा पनि अण्डाले प्रहार गरीएको थियो, तब उनी राष्ट्रपति पदका उम्मेदवार थिए, उक्त घटनामा उनको टाउकोमा अण्डा फुटेको थियो।

यसै बर्षको जूनमा, उनलाई भीडमा एक व्यक्तिले अनुहारमा थप्पड हानेका थिए, जब उनी दक्षिण पूर्वी फ्रान्सको भ्रमणको क्रममा जनतासंग बोलेका थिए।