काठमाडौं। आज सेप्टेम्बर २९ विश्व मुटु दिवस, हरेक वर्षको सेप्टेम्बर २९ तारिखमा विश्व मुटु दिवस मनाइँदै आइएको छ ।

मुटु एउटा सानो पम्पजस्तो अंग, जसले रगतको चाप हरेक धमनी र कोशिकाहरुमा पठाइरहने काम गर्छ ।
मुटु, माया, दया, भावना अनि अन्दाजलाई मुटु सँग जोडेर हेरिन्छ ।

मुटु एकदमै संवेदनशील र महत्वपूर्ण अंग हो । मुटु वास्तवमै स्वास्थ्य र गतिशिलताका लागि अपरिहार्य छ । विश्व मुटु संगठनले मुटुको यही संवेदनशीलता अनि महत्वलाई ध्यानमा राख्दै हरेक बर्ष सेप्टेम्बर २९ तारिखलाई मुटु दिवसको रुपमा मनाउन थालिएको हो ।

विश्व मा मुटुरोगिहरू बढ्दै गइरहेका छन् र कोरोना भाइरस पनि मुटु रोगीहरुका लागि निकै जोखिमपूर्ण साबित भएको छ । जबसम्म मुटु धड्किन्छ तबसम्म जीवन छ । त्यसैले यस दिन हृदय रोगीहरु, उपचार प्रदायकहरु र सञ्चार माध्यमहरु एकठाउँमा जम्मा भएर मुटुको रक्षा गर्ने र विभिन्न जानकारीका साथ प्रस्तुत हुने गर्दछन् ।