काठमाडौं। बलिउडका चर्चित जोडी रणबीर कपुर र आलिया भट्ट रणबीर को बर्थडेमा एकसाथ देखिएका छन् । अभिनेत्री आलिया भट्ट ले आफ्नो इन्टाग्राम मार्फत रणबीर कपुर सँगको तस्वीर सेयर गरेकी छिन् ‌।

आलिया ले ‘ह्याप्पी बर्थ डे माइ लाइफ’ लेखेर तस्वीर पोष्ट गरेकी छिन् । भट्ट ले समुन्द्री सतहमा एकअर्काको हात समातेर बसेको रोमान्टिक तस्वीर सेयर गरेकि हुन् ।

लामो समयदेखि उनिहरु एकअर्काको प्रेममा छन् ।