काठमाडौं। ‘जेरी’ डेब्यू नायिका आना शर्मा र ‘क्याप्टेन’ डेब्यू नायिका उपासना ठकुरीले पहिलो पटक एकसाथ चलचित्रमा काम गर्ने तयारीमा छन् ।

विवेक सुवेदीले निर्देशन गर्न लागेको चलचित्र ‘योलो’मा उपासनाले काम गर्ने पक्का भएको छ र चलचित्रमा नायिका आना शर्माको पनि मुख्य भूमिका रहनेछ । दुबैको डेब्यू फिल्म नायक अनमोल के सि सँग थियो ।

यस चलचित्र मित्रताको कथामा आधारित बन्ने छ । यो चलचित्रको छायांकन इटालीमा गर्ने तयारी भइरहेको छ ।