काठमाडौं।  अभिनेत्री श्वेता तिवारी कम रक्तचापका कारण मुम्बईको अस्पतालमा भर्ना भएकी छन् । उनी अस्पतालमा भर्ना भएको खबर सुन्नासाथ उनका पूर्वपति अभिनव कोहलीले सामाजिक सञ्जालका उनको स्वास्थ्य लाभको कामना गरेका छन् ।

‘मेरो र मेरो छोराको एकापसमा मिल्ने र सँगै बस्ने हकको लडाई आफ्नो ठाउँमा छ र त्यो अदालतमा चलिरहेको छ । तर भगवानले श्वेतालाई चाँडै तन्दुरुस्त बनाउन् । कलाकारहरु तपाईंहरुमाझ सुन्दर देखिनको चक्करमा र सबैको माया पाउन आवश्यकता भन्दा बढी शरीर बनाउछन् । कमभन्दा कम खाना खान्छन् र एकदिन उनीहरुको हृदय गल्छ’ लेखेर उनले सामाजिक सन्जालमा पोष्ट गरेका छन् ।

श्वेता हालैमात्र टेलिभिजनको रियालिटी शो ‘खतरों के खिलाडी ११’मा देखिएकी थिइन् । उनले उपाधि नजिते पनि आफूलाई उत्कृष्ट ६ मा पुर्याएकी थिइन् ।

लगातार यात्रा गर्नु, मौसमको बदलाव र पूर्ण रुपमा आराम गर्न नपाएका कारण श्वेताको स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना गरिएको हो । उनको स्वास्थ्यमा सुधार आइरहेको छ ।