काठमाडौं। विगत तीन हप्तामा सापु रोगबाट एकसय बिरामी परेका छन् । सेतो पुतलीको सङ्क्रमबाट आँखामा लाग्ने रोगलाई सापु भन्ने गरिन्छ । ४६ वर्षयता यति छोटो अवधि पहिलो पटक यति धेरै बिरामी देखिएको जनाइएको छ ।
त्रिवि शिक्षण अस्पतालका वरिष्ठ नेत्ररोग विशेषज्ञ डा रञ्जु खरेलले अझै तीन महिना सापु रोगको जोखिम बढ्नसक्ने भएकोले सचेतना अपनाउन आग्रह गर्नुभयो । भदौदेखि मङ्सिरसम्म सो रोग देखिने गर्दछ ।
उहाँका अनुसार सापुबाट आँखाको भित्री भागलाई असर गर्नुको साथै आँखाको सबै पत्र दु्रतगतिमा सुनिन्छ र भित्रि भागमा पिप जम्दै जान्छ ।
सहप्राध्यापक डा खरेल अनुसार सबै सेतो पुतली हानिकारक नभएको र कालो धर्सा तथा पुच्छरमा पहेँलो भएका सेतो पुतलीको काउसो वा झुस हुस हानिकारक हुने गरेको बताएका छन् । अहिले पोखरामा प्रशस्त्र मात्रामा भित्ता, बत्तीमा सेता पुतली रहेका छन् । कतिपय अवस्थामा सेतो पुतलीको संसर्गमा नआएका मानिसमा पनि यो रोग देखा पर्न सक्ने जनाइएको छ ।
“पुतली बसेर उठिसकेको हुन्छ र त्यसले आफू बसेको ठाउँमा झुस, अण्डा र काउसो छाडेर गएको हुन्छ । हो त्यहीँबाट सापु रोग देखिने गर्दछ ।” उनले भने । अचानक एउटा आँखा रातो हुनु, रातो आँखाको कालो नानीको बीचमा सेतो देखिने, आँखाभित्र पिप जमेर नानी सेतो हुनु, आखाँको ज्योति घट्दै जाने यस रोगका लक्षण हुन् ।
एउटा आँखा रातो भएका अवस्थामा तुरुन्तै नजिकैको आँखा उपचार केन्द्रमा परीक्षण गराउनु पर्ने उहाँको भनाइ छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले सापु रोग बढी बालबालिकालाई लाग्ने गरेको बताउनुभयो ।
रोकथाम
–सेतो पुतलीको संसर्गबाट टाढा रहने
–बालबालिकालाई झाडीको वरपर खेल्न नदिऔं पुतली समाप्ने निधारमा दल्ने कामबाट परै राखौँ।
–राति सुत्दा बत्ती निभाएर सुतौँ । बाल्नै परे मधुरो बालाँै । सकेसम्म झ्याल ढोका बन्द गरौँ। झुल लगाएर सुत्ने गरौँ ।