काठमाडौं। आज अक्टोबर १ अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस । सन् १९९१ देखि हरेक वर्ष अक्टोबर १ मा अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस मनाइँदै आइएको छ ।
जेष्ठ नागरिकहरुलाई सम्मान र अधिकारपहुँचमा पुर्याउने उदेश्यले संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वभर जेष्ठ नागरिक दिवस मनाइन्छ ।
नेपालमा ६० बर्ष उमेर पुगेका नागरिकलाई जेष्ठ नागरिक मानिन्छ । संविधान २०७२ को धारा ४१ अनुसार “जेष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ” भनेर उल्लेख गरिएको छ।