काठमाडौं । अस्ट्रेलियाले खोप लगाएका यात्रुलाई १८ महिनामा पहिलो पटक आफ्नो मुलुकमा प्रवेश गर्न दिने गरी आगामी नोभेम्बरबाट अन्तर्राष्ट्रिय सीमाना खुला गर्दैछ।अहिले आफ्ना नागरिक र विशेष छुट पाएका व्यक्तिहरूलाई मात्र अस्ट्रेलिया प्रवेशका लागि अनुमति दिइएको छ। बाहिरिने यात्रामा पनि प्रतिबन्ध लगाइएको छ।

यो नीतिले कोभिड(१९ को नियन्त्रणमा सघाएको भन्दै प्रशंसा भएको छ तर यसले विवादास्पद रूपमा परिवारहरूलाई पनि छुट्टाएको पनि छ।प्रधानमन्त्री स्कट मोरिसनले खोप लगाउने दर ८० प्रतिशतभन्दा बढी रहेका राज्यहरूले यात्रासम्बन्धी स्वतन्त्रता पाउने बताए।
सिड्नीमा लकडाउन कार्यान्वयन गर्न सेना परिचालन
लुगाले कोभिड रोक्ने दाबी गर्ने अस्ट्रेलियाली कम्पनीलाई करोडौँ रुपैयाँ जरिवाना
होटेल क्वारन्टीन हटाइने
अस्ट्रेलियामा रहेको १४ दिने होटल क्वारन्टीनको व्यवस्थाले प्रत्येक यात्रुलाई अस्ट्रेलियाली डलर ३,००० अर्थात् दुई लाख ५६ हजार नेपाली रुपैयाँ खर्च गर्नुपर्ने अवस्था थियो।

उक्त व्यवस्थालाई क्रमैसँग हटाउने निर्णय गर्दै त्यसको सट्टा खोप लगाएका यात्रुहरूलाई सात दिने होम क्वारन्टीनमा बस्नुपर्ने व्यवस्था गरिने बताइएको छ।

तर प्रमुख वायुसेवा कम्पनीहरूले तत्कालै आफ्नो सेवा सञ्चालन गर्न तयार नभइसकेको चेतावनी दिइसकेका छन्।

सिड्नी, मेलबर्न र क्यानबेरामा सङ्क्रमणका कारण लकडाउन लगाइएको छ। त्यसले हालैका महिनामा ती क्षेत्रमा खोप लगाउने गर्ने प्रवृत्ति बढेको छ।

सिड्नी रहेको न्यू साउथ वेल्स ८० प्रतिशत जनसङ्ख्यालाई खोप लगाउने पहिलो राज्य बन्ने क्रममा छ। मेलबर्न राजधानी रहेको भिक्टोरिया पनि धेरै पछाडि छैन।

तर क्विन्सलेन्ड र वेस्टर्न अस्ट्रेलिया जस्ता कतिपय राज्यहरूले खोप लगाउने दर उच्च नभएसम्म आफ्नो सीमा बन्द नै राख्ने बताइरहेका छन्।

सङ्क्रमण देखा परेका राज्यका मानिसलाई प्रवेश गर्न नदिएर यी राज्यहरू आफ्नो सङ्क्रमण दर शून्य वा लगभग शून्य कायम राख्न सफल भएका छन्।

बिबिसि 

https://www.bbc.com/nepali/news-58758668?at_custom2=facebook_page&at_medium=custom7&at_custom4=44BE2BC2-227C-11EC-B892-C1E0BDCD475E&at_custom1=[post%20type]&at_campaign=64&at_custom3=BBC%20Nepali&fbclid=IwAR0E1wjO3NpUDteQv5k0iKvhRR0m5suLjwGxX9oYEi6u2EZYekQCRidGb3Y