झापा । हल्दिबारी गाउँपालिका निवासी शैलेन्द्र सिटौला युवा पिडिमा एक लोकप्रिय नाम हो। लामो समय देखि सामाजिक राजनीतिक रचनात्मक र सिर्जनशिल गतिविधि मार्फत समाज रुपान्तरण मा सक्रिय रहेका सिटौला नेपाल खेलकुद महासंघ झापाको प्रथम जिल्ला भेलाबाट सचिव मा चयन भएका छन । नेकपा एमाले झापाको बिर्तामोडस्थित जिल्ला कार्यलयमा सम्पन्न भेलाले ९१ सदस्यीय महासंघ बनाएको हो ।
जिल्ला महासंघको अध्यक्षमा भवानी बराल उपाध्यक्षमा धन कुमार तामाङ, सचिवमा सैलेन्द्र सिटौला, सहसचिवमा चन्द्रमणि गौतम, कोषध्यक्षमा प्रनिता पोखरेल र सहकोषाध्यक्षमा मुना सिग्देल चयन भएकि छिन् ।
