काठमाडौं । नेपाली क्राइम पेट्रोलको ट्रेलर सार्वजनिक गरिएको छ । उक्त ट्रेलरमा एक युवतीको ज्यान लिएको बारे देखाउन खोजिएको छ ।

ट्रेलरलाई डोको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । ‘क्राइम पेट्रोल नेपाल’ मा कलाकार दीपक राज गिरी होस्टको रूपमा देखिएका छन् । यसमा कथाअनुसार विभिन्न कलाकारको समेत अभिनय रहनेछ ।

भारतीय टिभी सोनीबाट लामो समयदेखि प्रसारण हुँदै आएको अपराध र त्यसको अनुसन्धानको विषयमा केन्द्रित ‘क्राइम पेट्रोल’ सँग आधिकारिक अनुमतिमा नेपालमा पनि यो श्रृखंला निर्माण गरीएको हो ।

हेर्नुहोस भिडियो :