काठमाडौं । तमिल र तेलुगू फिल्म उद्योगकी चर्चित अभिनेत्री सामन्था रुथ प्रभु र अभिनेता नागा चैतन्यले डिभोर्सको घोषणा गरेका छन्।
शनिबार सामाजिक सञ्जालमा दुबैजनाले एक पोस्ट गर्दै सम्बन्धविच्छेदको गर्ने घोषणा गरेका छन् ।
उनिहरुले सामाजिक सञ्जालमा पोस्ट गर्दै भनेका छन्, ” धेरै विचार विमर्श र सोचे पछि हामी पति पत्नी को रूप मा अलग भएर हामि हाम्रो आफ्नै बाटो पछ्याउने निर्णय गरेका छौं। हामी भाग्यशाली छौं कि एक दशकको मित्रता नै हाम्रो सम्बन्धको मूल थियो। हामीलाई विश्वास छ हामीबीच एक विशेष सम्बन्ध रहनेछ।’ हामी हाम्रा प्रशंसकहरु, शुभचिन्तकहरु र मिडिया लाई अनुरोध गर्दछौं कि यो कठिन समयमा हामीलाई समर्थन गर्नुहोस् र हामीलाई अगाडि बढ्न दिनुहोस् । ”
उनीहरूले विवाहको ४ वर्षपछि सम्बन्धविच्छेदको घोषणा गरेका हुन्।