काठमाडौँ । नेपालको थेरवाद बुद्धशासनमा समर्पित भिक्षु, श्रामणेर र अनगारिकाहरुको स्वास्थ्योपचारमा सघाउ पुर्याउन ‘प्रवजित स्वास्थ्य सेवा कोष’ खडा गरिएको छ ।
दाता उपासक पंचवीरसिंह तुलाधरले शनिबार बुद्ध विहार भृकुटीमण्डपमा आयोजित एक कार्यक्रममा अक्षय कोष स्थापनार्थ एक करोड एघार लाख एघार हजार एक सय एघार रुपैयाँ अखिल नेपाल भिक्षु महासङ्घलाई प्रदान गरेका छन् ।
सङ्घनायक भिक्षु बोधिसेन महास्थविरले दाता तुलाधरलाई उनको उदार सहयोगको कदर स्वरुप भिक्षु महासङ्घको तर्फबाट साधुवाद पत्र प्रदान गरेका थिए ।
सो अक्षय कोषमा विभिन्न संस्था तथा व्यक्तिहरुबाट सहयोग प्राप्त हुने क्रम जारी रहेको भिक्षु महासङ्घका महासचिव भिक्षु कोण्डन्य महास्थविरले जानकारी दिएका छन् ।
