काठमाडौँ । राष्ट्रिय समाचार समिति का अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ले शनिबार झापाको भद्रपुरस्थित रासस कार्यालय निरीक्षण गरेका छन्। सो अवसरमा राससका प्रशासन प्रमुख उत्तम सिलवाल र लेखा प्रमुख रुद्रमणि अधिकारी थिए । राससको भद्रपुरस्थित कार्यालयको भौतिक अवस्था, यसले पुर्‍याउँदै आएको सेवा र रासस समाचार प्रभावका बारेमा झापा कार्यालयका प्रमुख चन्द्रकला भण्डारीले उनिहरुलाई जानकारी गराएकि थिइन् ।

रासस अध्यक्ष अधिकारीले राससको समाचारलाई विश्वसनीय र गुणस्तरीय बनाउन झापामा रहेका राससकर्मीले पुर्‍याउँदै आएको योगदानको सराहना गरेका थिए । उनले कार्यालयको मर्मतका लागि बजेट विनियोजन गरिने जानकारी दिएका थिए । चार दशकअघि निर्माण गरिएको कार्यालय भवन मर्मतसम्भार आवश्यक रहेको प्रमुख भण्डारीले बताउएका थिए ।