काठमाडौँ । आज (आइतबार) नेपाली बजारमा सुनको भाउ प्रतितोला २०० रुपैयाँ ले बढेको छ ।
आज छापावाल सुन प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन शुक्रबार प्रतितोला ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज तेजावी सुनको भाउ पनि बढेको छ। आज तेजावी सुन प्रतितोला ८९ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार तेजावी सुन प्रतितोला ८८ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो।
आज सुनको भाउसँगै चाँदीको भाउ पनि बढेको छ। आज चाँदी प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।