काठमाडौं । बलिउडकी उत्कृष्ट अभिनेत्री दीपिका पादुकोणले सर्वश्रेष्ठ अभिनेत्रीको अवार्ड हासिल गरेकी छिन्।

दीपिकाले अन्तर्राष्ट्रिय प्लेटफर्मद्वारा बलिउडमा सर्वश्रेष्ठ अभिनेत्रीको लागि ग्लोबल अचीवर्स पुरस्कार २०२१ जितेको छिन् ।पादुकोण ग्लोबल अचीवर्स अवार्ड जित्ने पहिलो भारतीय अभिनेत्री हुन्।

यस अवार्डको लागि बराक ओबामा, जेफ बेजोस, क्रिस्टियानो रोनाल्डोसहित दुनियाँभरबाट ३००० भन्दा बढी प्रभावशाली सेलिब्रेटीको नामांकन  थियो। सन् २०१८ मा दीपिका विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा परेकी थिइन्।

२०१५ देखि ‘द लिभ लभ लाफ’ फाउन्डेसनमा सक्रिय भएकि उनले ‘क्रिस्टल अवार्ड’ पनि पाएकी थिइन् । यसभन्दा पहिले पनि उनले आफ्नो कलाका कारण धेरै पुरस्कार जीतिसकेकि छिन् ।