काठमाडौं । आज (आइतबार) थप ६ सय ७९ जनामा कोरोना भाइसरस संक्रमण पुष्टि भएको छ ।

१० हजार ९ सय २० जनामा कोरोना परीक्षण गर्दा ५ सय ७४ जनामा पीसीआर र १०५ जनाको एन्टीजेन पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ८९ हजार २ सय ६६ जना पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
नेपालमा पछिल्ला केही दिनयता कोरोना संक्रमितको संख्यामा कमि आएको छ । हाल नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या १६ हजार ८ सय ४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण थप ७ जनाको मृत्यु भएको छ । त्यसैगरी हालसम्म नेपालमा हालसम्म कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ११ हजार १ सय ६४ पुगेको छ ।