काठमाडौं । आज (सोमबार) सुनचाँदीको मूल्य स्थिर रहेको छ।

आज प्रतितोला छापावाला सुन प्रतितोला ८९ हजार ८०० रुपैयाँ कायम भएको  छ । आइतबार पनि सुन सोहि मूल्यमा खरिदबिक्री भएको थियो ।

त्यसैगरी, आज तेजाबी सुन पनि हिजोकै मूल्य अर्थात् प्रतितोला ८९ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदीको भाउ स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार १ सय ६० रुपैयाँ कायम भएको छ।