काठमाडौं । बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानलाई नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) द्वारा पक्राउ परेका थिए । आर्यन लाई नारकोटिक्स कन्ट्रोल ब्युरो ले आइतबार १५ घन्टा सोधपुछ गरेको छ । घटनामा कुल आठ जना पक्राउ परेका थिए ।
शाहरुख खानका छोरा पक्राउ परेपछि बलिउड सेलिब्रेटीले शाहरुखलाई समर्थन जनाएका छन् । आर्यन पक्राउ परेपछि सलमान खान राती शाहरुखको घर पुगेका थिए । भारतीय सञ्चारमाध्यमहरूका अनुसार सलमान आफ्नो कारमा शाहरुखको बंगला बाहिर क्यामेरामा कैद भएका थिए ।
त्यस्तै सुनिल शेट्टीले पनि यस विषयमा आफ्नो प्रतिक्रिया दिदै भनेका छन्, “जब कुनै छापा हुन्छ, केहि मानिसहरु लाई हिरासतमा लिईन्छ। यस्तो स्थितिमा, हामी यो धारणामा बस्यौं कि त्यो केटाले लागुऔषध सेवन गरेको हुनुपर्छ।” उनले थपे,”त्यो बच्चालाई थोरै सास फेर्न दिनुहोस्। सही रिपोर्टको लागि पर्खनुहोस्।”
पूजा भट्टले पनि ट्वीट गरी लेखेकी छिन्, “म यो कठिन समयमा शाहरुखको साथमा छु, यद्यपि तपाइँलाई यसको आवश्यकता छैन तर म तपाइको साथमा छु छु। यो समय पनि बित्नेछ”।
धेरै बलिउड स्टारहरु शाहरुख खानको लागी आफ्नो समर्थन दिएका छन्।