काठमाडौं । नेकपा एकीकृत समाजवादका अध्यक्ष माधवकुमार नेपाल त्रिभुवन विश्वविद्यालय त्रिवि शिक्षण अस्पतालबाट उपचारपछि घर फर्केका छन् ।उनका स्वकीय सचिव मोहन गौतमले स्वास्थ्यमा सुधार भएपछि आज घर फर्केको जानकारी दिएका छन् । उनका अनुसार नेता नेपाल चिकित्सकको सल्लाहअनुसार स्वास्थ्य संवेदनशीलताका कारण केही दिन घरमै आराम गर्नेछन्छ । यही असोज १३ गते बेलुका अध्यक्ष नेपाललाई ज्वरो र खोकीको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।