काठमाडौं । ‘राजाको हात्ती’ बोलको नयाँ गीत सार्वजनिक भएको छ ।
विदुर तिम्सिना ‘देवदूत’ ले लेखेका शब्दले अधिकांश नेपालीको बिदेसिनुको पीडा बोल्छ । गीतमा दिनेश गौतम र अनु सिंहले स्वर दिएका छन् ।
भिडिओमा बुलबुल फेम्ड अभिनेता मुकुन भुसाल सँगै शारदा गिरी, सृष्टि खड्का, लोकमणि सापकोटा र रचना लामिछाने फिचर्ड छन् । नन्दा अधिकारीको शृङ्गार रहेको भिडिओको छायांकन उत्सव दाहालले र भिडिओ निर्देशन प्रिन्स डेनियलले गरेका हुन् ।
हेर्नुहोस् भिडियो